दफा २३
राष्ट्रिय विकास समस्या समाधान समितिको काम, कर्तव्य र अधिकार
(१) दफा २२ बमोजिमको राष्ट्रिय विकास समस्या समाधान समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः-
(क) नेपाल सरकारका मन्त्रालय अन्तर्गत सञ्चालित योजना कार्यान्वयन प्रगतिको समीक्षा गर्ने,
(ख) मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिबाट प्राप्त समस्या सम्बन्धमा छलफल गरी आवश्यक निर्देशन दिने,
(ग) योजनाको कार्यान्वयनमा देखिएका समस्याको अध्ययन, अनुसन्धान तथा मूल्याङ्कन गर्ने वा गराउने,
(घ) योजनाको कार्यान्वयन तहमा भएका अन्तरमन्त्रालयगत तथा नीतिगत समस्याको समाधान गर्ने,
(ङ) सार्वजनिक निकायबाट निर्दिष्ट लक्ष्य अनुसार प्रतिफल प्राप्त नभएका योजना र त्यस्तो योजनाको प्रमुखको कार्यसम्पादनको बारेमा छानबिन गराउने,
(च) नेपाल सरकारबाट वित्त हस्तान्तरण अन्तर्गत सञ्चालनमा रहेका योजनाको : कार्यान्वयनका लागि प्रदेश र स्थानीय तहलाई निर्देशन दिने, र
(छ) नेपाल सरकारले राष्ट्रिय विकास समस्या समाधान समितिले गर्ने भनी तोकेका कार्यहरु गर्ने।
(२) मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिबाट प्राप्त द्वैमासिक, चौमासिक तथा वार्षिक प्रतिवेदनको आधारमा आयोगले एकीकृत प्रतिवेदन तयार गरी दफा २२ बमोजिमको समितिमा पेश गर्नु पर्नेछ।